कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एपीएफलाई हराएर सातदोबाटो शीर्षमा

काठमाडौँ — सहिद स्मारक लिग ए डिभिजनमा सातदोबाटो युथ क्लब शुक्रबार अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । मार्टिन्स अजयीको ह्याट्रिकसँगै सातदोबाटोले एपीएफलाई ४–१ ले हरायो ।

एपीएफलाई हराएर सातदोबाटो शीर्षमा

हारले एपीएफ भने अंक तालिकाको पुछारमा झरेको छ र उसमाथि रेलिगेसन दबाब बढेको छ । जितपछि सातदोबाटोको तीन खेलबाट सात अंक भएको छ । एपीएफ भने अंकविहीन छ र यो उसको लगातार तेस्रो हार हो ।

दशरथ रंगशालामा शुक्रबार भएको खेलमा अजयीले ४२ औं मिनेटमा पहिलो गोल गरेका थिए । त्यसकै इन्ज्युरी समयमा दोस्रो गोल थपे । उनले ५८ औं मिनेटमा ह्याट्रिक पूरा गरे ।

सातदोबाटोको अर्को गोल सुशील राईको नाममा रह्यो र उनले ५० औं मिनेटमा गोल गरेका थिए । एपीएफका लागि बिकी ताामाङले ४९ औं मिनेटमा एक गोल फर्काए । शनिबारको पहिलो खेल संकटा र मनाङ मर्स्याङदीबीच हुनेछ । यस्तो दोस्रो खेलमा च्यासल र एनआरटी भिड्ने छन् ।

प्रकाशित : मंसिर १७, २०७८ १९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?