शीर्षमा रियलको अग्रता सात अंक- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शीर्षमा रियलको अग्रता सात अंक

एजेन्सी

म्याड्रिड — करिम बेन्जेमाले गरेको एक मात्र गोलको मदतले रियल म्याड्रिडले स्पेनी ला लिगामा बुधबार एथलेटिको बिलबाओलाई १–० ले हराएको छ र शीर्ष स्थानमा सात अंकको अग्रता खोलेको छ ।

लुका मोडरिचको पासमा फ्रान्सेली अन्तर्राष्ट्रिय खेलाडीले ४० औं मिनेटमा गोल गरे । यो उनको सिजनको १७ औं गोल रह्यो ।

बिलबाओले खेलको अन्त्यतिर दबाब सिर्जना गरे पनि त्यो गोल निकाल्न पर्याप्त रहेन् । लिग तालिकामा रियलको १५ खेलबाट ३६ अंक भएको छ ।

प्रकाशित : मंसिर १६, २०७८ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्

इंग्लिस प्रिमियर लिग : चेल्सी, सिटी र लिभरपुलको जित

कान्तिपुर संवाददाता

काठमाडौँ — इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेका तीन टिम चेल्सी, म्यानचेस्टर सिटी र लिभरपुलले बुधबारका खेलमा जित निकालेका छन् । चेल्सीले वाटफोर्डलाई २–१ ले हरायो ।

सिटीले एस्टन भिल्लालाई २–१ ले पराजित गर्‍यो । लिभरपुल भने छिमेकी एभरटनविरुद्धको खेलमा ४–१ ले विजयी रह्यो र त्यसमा मोहम्मद सलाहले दुई गोल गरे ।

यो नतिजापछि चेल्सीको ३२, सिटीको ३१ र लिभरपुलको ३० अंक भएको छ । चौथो स्थानमा रहेको वेस्ट ह्यामले भने ब्राइटनसँग १–१ को बराबरी खेल्यो । यस्तै साउथह्याम्पटन र लेस्टरले २–२ तथा उल्भ्स बर्नलीले गोलरहित बराबरी खेले ।

प्रकाशित : मंसिर १६, २०७८ ०७:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×