राखेपका नवनियुक्त सदस्य सचिवको पदभार ग्रहण- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राखेपका नवनियुक्त सदस्य सचिवको पदभार ग्रहण

रासस

काठमाडौँ — राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङले मंगलबार पद तथा गोपनियताको शपथ लिएका छन् । 

युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले सिंहदरबारस्थित मन्त्रालयमा घिसिङलाई शपथ गराएका हुन् । मन्त्री गहतराजले खेलकुद परिषद्ले राजनीतिभन्दा पनि खेलाडीको हकहितमा रहेर काम गर्नुपर्ने उल्लेख गर्दै खेलाडीको मनोबल उच्च बनाउन आफूले सक्दो प्रयास गर्ने बताए ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले घिसिङलाई सदस्य सचिव पदमा नियुक्त गरेको थियो । उनी चार वर्षका लागि नियुक्त भएका हुन् । घिसिङ नेपाल रग्बी संघका अध्यक्ष थिए । उनले आजै राखेपमा पनि पदभार ग्रहण गरेका छन् ।

राखेपका नवनियुक्त सदस्य सचिव घिसिङले राष्ट्रिय टोलीको सुधारलाई जोड दिने जनाउँदै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई कसरी सफलता दिलाउन सकिन्छ, त्यस विषयमा विशेष ध्यान दिने बताए । उनले राष्ट्रिय टिम निर्माणका लागि आवश्यक तयारी रोकिएको र त्यसलाई सञ्चालन गर्ने तथा खेलाडीलाई बीमा गर्ने ठोस नीति कार्यक्रम नभएकाले यसलाई अगाडि बढाउने निर्णयसमेत आफूले गर्ने तयारी गरेको सुनाए ।

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ लागू भएयता छनोटबाट नियुक्त हुने घिसिङ दोस्रो सदस्य सचिव हुन् । यसअघि गत वर्ष असारमा ऐन लागू भएपछि रमेश सिलवाल पहिलो सदस्य सचिवका रुपमा नियुक्त भएका थिए ।

प्रकाशित : मंसिर १४, २०७८ १८:५७
प्रतिक्रिया
पठाउनुहोस्

शाओमीको आधिकारिक स्टोर बुटवलमा

कान्तिपुर संवाददाता

काठमाडौँ — शाओमीले बुटवलमा आफ्नो आधिकारिक स्टोर संचालनमा ल्याएको छ । बुटवलको बीपीचोक – ६ मा नयाँ स्टोर खुलेको हो । 

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले नेटवर्क निर्माणको लक्ष्य पूरा गर्नको लागि प्रयास गरिएको बताए । मीस्टोरले निर्वाध रूपमा उत्पादनको उपलब्धता र वितरणलाई सहज रुपमा ग्राहकमा पुऱ्याउने उनको भनाइ छ ।

ग्राहकले सिधा ब्राण्डसाग अन्तरक्र्रिया गर्नका लागि पनि यस्ता स्टोरको महत्व रहेको उनको भनाइ छ । उनले भने ‘मी प्रशंसकलाई ब्रान्डसँग घनिष्ठ सम्बन्धलाई सशक्त बनाउँछ।’


प्रकाशित : मंसिर १४, २०७८ १८:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×