कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शीर्षमा रियलको चार अंकको अग्रता

काठमाडौँ — भिनिसियस जुयिनरले ८७ औं मिनेटमा गरेको उत्कृष्ट गोलमा रियल म्याड्रिडले आइतबार स्पेनी ला लिगामा सेभियालाई २–१ ले हराएको छ । रियलले एक गोलले पछाडि रहेको स्थितिबाट यो जित निकालेको हो ।

शीर्षमा रियलको चार अंकको अग्रता

यो जितपछि रियलले लिग तालिकाको शीर्ष स्थानमा चार अंकको अग्रता पनि लिएको छ । रियलले हात पारेको यो लगातार छैटौं जित पनि हो । सेभियाले राफा मिरको गोलले अग्रता लिएको थियो ।

तर करिम बेन्जेमाले बराबरी गोल फर्काए र यो उनको सिजनको १९ औं व्यक्तिगत गोल हो । आइतबारकै अर्को खेलमा एटलेटिको म्याड्रिडले काडिजलाई ४–१ ले हरायो र २९ अंकमा दोस्रो स्थानमा उक्लिन सफल रह्यो ।

प्रकाशित : मंसिर १३, २०७८ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?