कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घर बाहिर बार्सिलोनाको पहिलो जित

एएफपी

म्याड्रिड — बार्सिलोनाले यस सिजन घर बाहिर पहिलो जित निकालेको छ । प्रशिक्षक ज्याभीको पनि पहिलो ‘अवे गेम’ मा बार्सिलोनाले शनिबार स्पेनी ला लिगामा भिल्लारियललाई ३–१ ले हरायो ।

घर बाहिर बार्सिलोनाको पहिलो जित

त्यसमा मेम्फिस डेपे र फिलिप कोउटिन्होले खेलको अन्त्यतिर दुई गोल गरे । यस सिजन बार्सिलोनाले खेलेका अगाडिका पाँच घर बाहिरको खेलमा जित निकाल्न सकेको थिएन् ।

बार्सिलोनाले फ्रान्क डे जोङको गोलले अग्रता लिएयता स्यामुएल चुक्वाजीले बराबरी गोल फर्काए । यस्तोमा डेपेले ८८ औं मिनेटमा गोल गरेपछि कोउटिन्होले इन्ज्युरी समयमा तेस्रो गोल थपे ।

प्रकाशित : मंसिर १२, २०७८ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?