कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सीताको प्रदर्शनमा भुटानमाथि जित

काठमाडौँ — सीता रानामगरको अलराउन्ड प्रदर्शनमा भुटानमाथि ८ विकेटको जितसाथ आईसीसी महिला ट्वान्टी–२० विश्वकपको ग्लोबल क्वालिफायरमा पुग्ने नेपालको लक्ष्यमा सकारात्मक संकेत मिलेको छ । 

सीताको प्रदर्शनमा भुटानमाथि जित

ट्वान्टी–२० विश्वकप एसिया क्वालिफायरको पहिलो खेलमै हङकङसँग ६ विकेटको हारले झस्किएको नेपालले मंगलबार भुटानमाथि सहज जित निकाल्यो । भुटानले छाडेको ६२ रनको लक्ष्य नेपालले ८.३ ओभरमै २ विकेट गुमाएर भेट्टाएको थियो ।

ओपनर सीता र इन्दु बर्माले पहिलो विकेटमा ३७ रनको साझेदारी गरेर जितको आधार तय गरे । सीताले १३ बलमा २ चौकासहित १७ र इन्दु १८ रनमा अविजित रहिन् । १२ बलमा १ चौकासहित १० रन बनाएर कप्तान रुबिना क्षेत्री रनआउट भइन् । त्यसपछि आएकी कविता जोशीले आफूले सामना गरेको लगातार दुई बलमा चौका प्रहार गरी टिमलाई जित दिलाइन् ।

यसअघि टस जितेर ब्याटिङ गरेको भुटानले ६१–६ को योगफल खडा गरेको थियो । भुटानका ओपनर सोनम पाल्दोन (११) र ङावाङ चोदेन (१३) ले मात्र दोहोरो अंकमा स्कोर बनाउन सके । भुटानले ११ अतिरिक्त रन पायो । बलिङमा सीताले ३ विकेट लिइन् । प्लेयर अफ द म्याच बनेकी सीताले ४ ओभरमा १० रन खर्चिएकी हुन् । करुणा भण्डारीले ४ ओभरमा १ मेडन राख्दै ६ रन खर्चेर १ विकेट लिइन् ।

लगातार दोस्रो जित निकाल्ने क्रममा घरेलु टोली यूएईले हङकङलाई ११ रनले हरायो । पहिलो जितपछि नेपाल नेट रनरेटमा हङकङलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको छ । यो प्रतियोगिताबाट एक टोलीमात्र ग्लोबल क्वालिफायरमा पुग्ने भएकाले नेपालले बाँकी तीनै खेलमा ठूलो अन्तरको जित हासिल गर्नुपर्ने हुन्छ । नेपालले बिहीबार कुवेत, शुक्रबार मलेसिया र आइतबार आयोजक यूएईसँग खेल्नेछ ।

प्रकाशित : मंसिर ८, २०७८ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?