कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जावलाखेलमाथि मनाङको संघर्षपूर्ण जित

काठमाडौँ — सहिद स्मारक लिग ए डिभिजन २०७८ मा कीर्तिमान आठपल्टको विजेता मनाङ मर्स्याङ्दीले विजयी सुरुआत लिएको छ । उसले दशरथ रंगशालमा भएको खेलमा जावालखेल युथ क्लबलाई १–० ले हराउन संघर्ष भने गर्नु पर्‍यो । खेलको एकमात्र गोल दिनेश राजंवशीले गरे । उनले दोस्रो हाफको ५६ औं मिनेटमा गोल गरे ।

जावलाखेलमाथि मनाङको संघर्षपूर्ण जित

दयानन्द सिंहको कर्नरमा उनले हेडबाट गोल गरेका हुन् । खेलको ३० औं मिनेटमा आफिज ओलावालेको गोल गरे पनि त्यसलाई मान्यता पाएन् र अफ साइडको निर्णय दिएको थियो ।

यसअघि ब्वाइज युनियनले दिनको पहिलो खेलमा एपीएफलाई ३–२ ले हरायो । ब्रिगेड ब्वाइजका लागि दिनेश राईले दुई गोल गरे । अर्को गोल सुरज गुरुङको नाममा रह्यो । एएफपीका तर्फबाट आशिष लामा र बिकी तामाङ एक एक गोल गरे ।

प्रकाशित : मंसिर ५, २०७८ १९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?