कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

म्यानचेस्टरले गर्‍यो प्रशिक्षक सोल्सरलाई बर्खास्त

एजेन्सी

लन्डन — इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले आइतबार व्यवस्थापक ओला गुनर सोल्सरलाई बर्खास्त गरेको छ । बेलायती पत्रिका 'द गार्डियन'का अनुसार क्लबको शनिबार बसेको आकस्मिक बोर्ड बैठकले यो निर्णय गरेको हो ।

म्यानचेस्टरले गर्‍यो प्रशिक्षक सोल्सरलाई बर्खास्त

शनिबार मात्रै म्यानचेस्टरले वाटफोर्डसँग लज्जास्पद ४–१ को हार बेहोरेपछि बोर्डले प्रशिक्षकलाई हटाउने निर्णयमा पुगेको हो । सन् २०१८ देखि सोल्सारले म्यानचेस्टर प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए ।

सोल्सारको आगमनयताम्यानचेस्टरको प्रदर्शनमा केही सुधार आए पनि क्लबले कुनै उपाधि जित्न सकेको छैन् । वाटफोर्डविरुद्धको खेल गुमाएपछि सोल्सारले समर्थकसँग माफि माग्दै आफू क्लबबाट बिदा हुन लागेको संकेत गरेका थिए ।


प्रकाशित : मंसिर ५, २०७८ १०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?