कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७३

विश्व बक्सिङका अध्यक्ष नेपालमा

काठमाडौँ — अन्तर्राष्ट्रिय बक्सिङ महासंघ (आईबा) का अध्यक्ष उमार क्रेम्लेभ बुधबार नेपाल आएका छन् । बुधबार उमारले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजसँग भेटघाट गरेको नेपाल बक्सिङ संघका प्रवक्ता श्याम अवालेले जनाएका छन् ।

विश्व बक्सिङका अध्यक्ष नेपालमा

अध्यक्ष क्रेम्लेभले बक्सिङ संघलाई खेल सामाग्री पनि उपलब्ध गराएका छन् । त्यसअघि नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतले अध्यक्ष उमारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

अध्यक्ष उमारले हिमालजस्तै नेपाली बक्सिङलाई पनि उचाइमा पुर्‍याउन सकिने बताउँदै नेपाली बक्सिङको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । बक्सिङ संघका अध्यक्ष अवालेले आईबा अध्यक्ष नेपाल आउनु गर्वको विषय भएको बताउँदै नेपाली बक्सिङको अवस्था बुझ्न उनलाई अझ सहज हुने बताए । नेपाल बक्सिङ संघ र नेपाल ओलम्पिक कमिटीको निमन्त्रणमा नेपाल आएका अध्यक्ष उमार बिहीबार दुबई जाने बक्सिङ संघले जनाएको छ ।

प्रकाशित : मंसिर १, २०७८ २२:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×