कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

अर्जेन्टिना र ब्राजिल बराबरी

एजेन्सी

मोन्टेभिडियो — दक्षिण अमेरिकी विश्वकप छनोटमा अर्जेन्टिनाले बुधबार ब्राजिलसँग निराशाजनक बराबरी खेलेको छ । यो खेल जितेको भए अर्जेन्टिना सन् २०२२ मा कतारमा हुने विश्वकपमा छनोट निश्चित हुने थियो ।

अर्जेन्टिना र ब्राजिल बराबरी

ब्राजिल भने यसअघि नै आउने विश्वकपका लागि छनोट भइसकेको छ । यो नतिजापछि ब्राजिल १३ खेलबाट ३५ अंकसहित शीर्ष स्थानमा रहेको छ ।

अर्जेन्टिना भने १३ खेलबाट २९ अंकमा दोस्रो स्थानमा छ । घरमा भएको खेलमा बराबरीमा चित्त बुझाएपछि अर्जेन्टिनाले छनोट निश्चित गर्न अझै कुर्नु पर्नेछ ।

प्रकाशित : मंसिर १, २०७८ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?