कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

नेदरल्यान्ड्स विश्वकपमा छनोट

एजेन्सी

पेरिस, — नेदरल्यान्ड्सले सन् २०२२ मा कतारमा हुने विश्वकपका लागि आफ्नो स्थान सुरक्षित गरेको छ । यसका लागि युरोपेली छनोटको मंगलबार भएको खेलमा नेदरल्यान्ड्सले नर्वेलाई २–० ले हरायो ।

नेदरल्यान्ड्स विश्वकपमा छनोट

डच टिमका लागि टोटनहमका स्टेभन बर्जवाइन र बार्सिलोनाका मेम्फिस डेपेले गोल गरे । यो जितपछि नेदरल्यान्ड्स समूह जी को शीर्ष स्थानमा रहन पनि सफल रह्यो ।

हारले नर्वे भने विश्वकप छनोटको समीकरणबाट बाहिरिएको छ । अहिलेसम्म युरोपबाट नेदरल्यान्ड्ससँगै बेल्जियम, क्रोएसिया, डेनमार्क, इंग्ल्यान्ड, फ्रान्स, जर्मनी, सर्बिया, स्पेन र स्विट्जरल्यान्ड छनोट भएका छन् ।

प्रकाशित : मंसिर १, २०७८ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×