कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

संघहरूका आफ्नै गुनासा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा इक्वेस्ट्रियन संघ छ । पदाधिकारी पनि छन् तर समस्या कहाँनिर छ भने अत्यावश्यक घोडा नै छैन । अन्तर्राष्ट्रिय खेलकुदका धेरै पदक जित्नेमा पर्छ उसु । तर उसुका पदाधिकारीलाई लागेको छ, यो खेललाई हेप्न काम भएको छ । उसुका मागलाई बेवास्ता मात्र गरिन्छ । अनि कुस्ती । विशेषतः तराईतिर लोकप्रिय यो खेल हाम्रोमा अझै पनि माटोमै खेलिन्छ, जबकि खेल्नुपर्ने म्याटमा हो । कुस्ती संघसँग म्याट नै छैन, खेलाडी के मात्र गरोस् ?

संघहरूका आफ्नै गुनासा

नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बिहीबार सातदोबाटोमा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजलाई औपचारिक रूपमा स्वागत गर्न एक कार्यक्रम राखेको थियो । कार्यक्रम स्वागतमै मात्र पनि सीमित थिएन ।

त्यस अवसरमा सन् २०२२ मा चीनको हाङझाउमा हुने १९ औं एसियाली खेलकुदमा नेपालको सहभागिताबारे प्रारम्भिक छलफल पनि भयो । त्यसै अवसरमा हो, एक दर्जनजति खेल संघका पदाधिकारीले मन्त्रीसामु आफ्ना धारणा राखे ।

सबै जसो संघका आ–आफ्नै गुनासा थिए । तर यो कार्यक्रमको निचोडअनुसार काम हुने हो भने नेपाली खेलकुद अबको एक वर्ष खासै व्यस्त रहनेछ । लक्ष्य रहनेछ, त्यही १९ औं एसियाली खेलकुदमा राम्रो प्रदर्शन ।


त्यस अवसरमा मन्त्री गहतराजले प्रतियोगिताको तयारीका लागि काम सुरु गर्न संघलाई निर्देशन दिँदै आवश्यक बजेट व्यवस्थालाई पहल हुने बताए । मन्त्री चाहन्थे, नेपालको तयारी गुणात्मक रूपमा राम्रो हुनुपर्नेछ ।

अनि पदक जितमा केन्द्रित हुनुपर्नेछ । ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले संकेत गरे, अबको एसियाली खेलकुदमा सहभागी हुने नेपाली टिम बिनाकारण आफैंमा ठूलो हुनुहुन्न, हुने छैन । उनले भने, ‘एसियाली खेलकुदमा पदकका लागि ठोस तयारी आवश्यक पर्ने हुन्छ । यो एक दिनको तयारीले पुग्ने हुँदैन । अबको एसियाली खेलकुदमा हामीले राम्रो प्रदर्शनका लागि तयारी अहिले तयारी सुरु गर्नुपर्ने हुन्छ ।’

अध्यक्ष श्रेष्ठले संघहरूलाई आफ्नो खेलको सहभागिता, त्यसको तयारी, पदक सम्भावना र सहभागिताको औचित्य खोज्नुपर्ने संकेत गर्दै गृहकार्य सुझाए । त्यसो भनेको संघहरूले अब चाँडै आफ्नो कार्यक्रम प्रस्तुत गर्नुपर्नेछ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले पनि कार्यक्रममा आफ्नो धारणा राखे । उनले भने, ‘जुन खेलले नियमित प्रतियोगिता गर्छ, जुन खेलमा उमेर समूहका कार्यक्रम छन्, त्यस्ता खेलका खेलाडीलाई मात्र एसियाली खेलकुदमा पठाउनुपर्छ ।’

प्रकाशित : कार्तिक २६, २०७८ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?