कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एन्फा र कान्तिपुर टेलिभिजनबीच सम्झौता

कान्तिपुरले एन्फासँग एक वर्षका लागि प्रसारण अधिकार लिएको छ
कान्तिपुर संवाददाता

काठमाडौँ — कतार एयरवेज शहीद स्मारक ए डिभिजन लिगको प्रत्यक्ष प्रशारण कान्तिपुर टेलिभिजनबाट हुने भएको छ । कान्तिपुरले एन्फासँग एक वर्षका लागि प्रसारण अधिकार लिएको हो ।

एन्फा र कान्तिपुर टेलिभिजनबीच सम्झौता

बिहीबार भएको सम्झौता पत्रमा एन्फाकातर्फबाट महासचिव इन्द्रमान तुलाधर र कान्तिपुर टेलिभिजिनकातर्फबाट मार्केटिङ म्यानेजर गौरी दाहालले हस्ताक्षर गरेका छन् ।

हस्ताक्षर कार्यक्रममा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र कान्तिपुरका सुरज सिंह ठकुरीको पनि उपस्थिति रहेको थियो ।

अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा हुन लागेको ए डिभिजन लिग विभिन्न चारवटा मैदानमा गर्ने तयारी गरिएको छ । कान्तिपुर टेलिभिजनबाट त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलहरु प्रत्यक्ष प्रसारण हुने छन् ।

ए डिभिजन लिगमा १४ टिमले सहभागिता जनाउँदै छन् । लिगको उद्घाटन खेलमा फ्रेण्ड्स क्लब र सातदोबाटो युथ क्लब आमने सामने हुने छन् ।

१४ टिमको सहभागीता रहने ए डिभिजन लिगमा १३ राउण्डको ९१ खेलबाट लिगको विजेता टुंगो लाग्ने छ ।

प्रकाशित : कार्तिक २५, २०७८ १३:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?