कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रोनाल्डोको गोलमा एटलान्टासँग म्यानचेस्टरको बराबरी

एजेन्सी

पेरिस — क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेडका लागि खेलको अन्त्यतिर गोल गर्दै युरोपेली च्याम्पियन्स लिगमा एटलान्टाविरुद्ध मंगलबार राति २–२ को बराबरी दिलाएका छन् । यो नतिजापछि म्यानचेस्टर समूह एफको शीर्ष स्थानमा रह्यो ।

रोनाल्डोको गोलमा एटलान्टासँग म्यानचेस्टरको बराबरी

म्यानचेस्टरका लागि दुवै गोल रोनाल्डोले नै गरे र त्यसमध्ये दोस्रो गोल इन्ज्युरी समयको पहिलो मिनेटमा सम्भव भएको थियो । यो समूहको अर्को खेलमा भिल्लारियलले योङ ब्वाइजलाई २–० ले हरायो ।

यस्तै रोबर्ट लेवनडोस्कीले च्याम्पियन्स लिगमा आफ्नो सयौं खेल खेल्दै ह्याट्रिक गरेपछि बायर्न म्युनिकले बेनफिकालाई ५–२ ले हरायो र नकमाउट चरणमा प्रवेश गर्न सफल रह्यो । समूह ई मा बायर्नको लगातार चौथो जित हो ।

समूहको अर्को खेलमा बार्सिलोनाले डायनामो किभलाई १–० पराजित गर्‍यो । समूह एच मा डिफेन्डिङ च्याम्पियन चेल्सीले माल्मोलाई १–० र युभेन्ट्सले जेनिट सेन्ट पिटसबर्गलाई ४–२ ले पन्छायो । यस्तै समूह लिलेले सेभियालाई २–१ र उल्भ्सबर्गले साल्सबर्गलाई २–१ ले पन्छायो ।

प्रकाशित : कार्तिक १७, २०७८ ०६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?