कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

बेलबारी गोल्डकप : हिमालायन शेर्पा सेमिफाइनलमा

कान्तिपुर संवाददाता

विराटनगर — हिमालयन शेर्पा फुटबल क्लब मोरङमा जारी चौथो बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ । शेर्पाले शनिबार गाईघाट फुटबल क्लब उदयपुरलाई ३–० ले हरायो । 

बेलबारी गोल्डकप : हिमालायन शेर्पा सेमिफाइनलमा

शेर्पाबाट १९ औं मिनेटमा जीवन गुरुङको पासमा मनीष थापाले गोलको खाता खोलेका थिए । ५५ औं मिनेटमा विश्वास श्रेष्ठको पासमा सेवी गुरुङ र ७१ औं मिनेटमा विश्वास श्रेष्ठले फ्रिकिकमा गोल थप्दै हिमालयन शेर्पालाई फराकिलो जित दिलाए ।

हिमालयनका विसन गुरुङ म्यान अफ द म्याच भए । उनले ५ हजार पाए । आइतबार रारा फुटबल क्लब राजारानी धनकुटा र आयोजक डाँगीहाट फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।


प्रकाशित : कार्तिक १३, २०७८ २०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?