कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ट्वान्टी–२० विश्वकप : पाकिस्तानले न्युजिल्यान्डलाई ५ विकेटले हरायो

कान्तिपुर संवाददाता

काठमाडौँ — ट्वान्टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा भारतविरुद्ध ऐतिहासिक जित हात पारेको पाकिस्तानले मंगलबार न्युजिल्यान्डलाई पनि हराएको छ । मंगलबार सारजहाँमा भएको खेलमा पाकिस्तानले न्युजिल्यान्डलाई ५ विकेटले हराएको छ । 

ट्वान्टी–२० विश्वकप : पाकिस्तानले न्युजिल्यान्डलाई ५ विकेटले हरायो

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रन मात्र बनाएको थियो । न्युजिल्यान्डका लागि डेरिल मिचेल र डेभोन कोन्वेले २७–२७ रन बनाए ।

त्यस्तै ओपनर मार्टिन गुप्टिल १७ रनमा आउट हुँदा केन विलियम्सनले २५ रन बनाए । पाकिस्तानका लागि हरिश रौफले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिएका थिए । उनले ४ ओभरमा २२ रन खर्चिंदै न्युजिल्यान्डको ४ विकेट लिएका थिए ।

१३५ रनको लक्ष्य पाएको पाकिस्तानले ८ बल बाँकी छँदा ५ विकेट गुमाउँदै जित हात पार्‍यो । पाकिस्तानका लागि ओपनर मोहम्मद रिजवानले ३३ रन बनाए भने असिफ अलीले २७ रनमा नटआउट रहे । भारतविरुद्धको खेलमा उत्कृष्ट ब्याटिङ गरेका कप्तान बाबर आजम भने टिम साउदीको बलमा ९ रनमै बोल्ड भएका थिए ।

प्रकाशित : कार्तिक १०, २०७८ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?