कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदीपको निर्णायक गोल

कान्तिपुर संवाददाता

काठमाडौँ — मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा भनीमण्डल भेट्रान्स टिमले लगातार दोस्रो जितसँगै क्वाटरफाइनलमा स्थान बनाएको छ । सोमबार वीआर ब्रदर्शमाथि १–० को जितपछि भनीमण्डल समूह ‘बी’ बाट नकआउट चरणमा पुगेको हो ।

भनीमण्डलको जितमा प्रदीप महर्जनले अन्त्यतिर निर्णायक गोल गरे । प्रदीपले ५८ औं मिनेटमा गोल गरी टिमलाई नकआउट चरणमा पुग्ने पहिलो टिम बनाए । भनिमण्डलले शनिबार एनआरटी भेट्रान्सलाई २–० गोलले हराएको थियो ।

समूह ‘ए’ अन्तर्गत फर्पिङ स्पोर्ट्स डेभलपमेन्टले फुटबल फेलोसिपमाथि ११–० को जित पायो । हारपछि फेलोसिप बाहिरिएको छ । फेलोसिप यसअघि आर्मी भेट्रान्ससँग ७–१ ले पराजित भएको थियो । समूहबाट नकआउट चरणमा पुग्ने टोलीको टुंगो आर्मी र फर्पिङबीचको खेलले निर्धारण गर्नेछ । फर्पिङबाट नीरज श्रेष्ठ र गणेश लावतीले ह्याट्रिक पूरा गरे । नीरजले १२, १५, ५५ र ५८ औं मिनेटमा गरी ४ गोल गरे । गणेशले तेस्रो, ५० र ५४ औं मिनेटमा गोल गरी ह्याट्रिक पूरा गरे । नीरकुमार राईले ४६ र ५७ औं मिनेटमा गोल गरे । अनिल गुरुङले २६ औं र सल्यान खड्गीले ३६ औं मिनेटमा १–१ गोल थपे ।

समूह ‘सी’ मा सानो गौचरन नाइट किङ क्लब (एसएनकेसीले बौद्ध भेट्रान्समाथि ४–० को जित निकाल्दै नकआउट चरण पुग्ने सम्भावना जीवितै राखेको छ । यसअघि फ्रेन्ड्स भेट्रान्ससँग २–२ को बराबरी खेलेको एसएनकेसीले समूहको अन्तिम खेलमा बौद्ध र फ्रेन्ड्सबीचको नतिजा कुर्नुपर्ने हुन्छ ।

एसएनकेसीका सुरेन्द्र तामाङले २ गोल गरे । रमेश सिन्केमान र विभोर गुरुङले १–१ थोल थपे ।

प्रकाशित : कार्तिक ९, २०७८ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?