कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेलबारी गोल्डकप यसै साता

कान्तिपुर संवाददाता

विराटनगर — डाँगीहाट युथ क्लब मोरङको आयोजनामा कात्तिक ११ देखि चौथो बेलबारी गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । आयोजकले जनाएअनुसार विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

लक्ष्मीमार्ग खेल मैदानमा हुने प्रतियोगितामा एपीएफ क्लब, हिमालयन शेर्पा, च्यासल युथ, आयोजक बेलबारी युथ, रोलिङ क्लब झापा, गाईघाट फुटबल क्लब, उदयपुर, राजारानी क्लब धनकुटा र रोयल फुटबल क्लब सिलिगुडीले भाग लिने क्लबका अध्यक्ष विक्रम वान्तवा राईले बताए ।

कोरोना संक्रमणका कारण दुई वर्ष सञ्चालन हुन नसकेको प्रतियोगितालाई यसपालि बेलबारी नगरपालिकाले १० लाख आर्थिक सहयोग उपलब्ध गराएको छ । कात्तिक १७ सम्म चल्ने प्रतियोगितामा करिब ४० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रत्येक खेलका म्यान अफ द म्याचलाई ५ हजार र विधागत उत्कृष्ट हरेक खेलाडीलाई जनही ११ हजार पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष राईले बताए ।

...

सिद्धार्थ र सपना विजेता

सिन्धुपाल्चोक– बाह्रबिसे नगरपालिका–४ द्वारा आयोजित बाह्रबिसे युथ दौड प्रतियोगिताको उपाधि बाह्रबिसेकै सिद्धार्थ तामाङले जितेका छन् । शनिबार उनले बाह्रबिसे नगरको बाह्रबिसे हुँदै कल्लेरीसम्मको ५ किलोमिटर दुरी २० मिनेट ५ सेकेन्डमा पूरा गर्दै २५ हजार रुपैयाँसहित ट्रफी जितेका थिए । बाह्रबिसेकै विशाल भुजेलले २१ मिनेट ३५ सेकेन्डबाट दोस्रो भए । उनले १८ हजार पुरस्कार पाए । २२ मिनेट ४५ सेकेन्डबाट तेस्रो भएका बाह्रबिसेकै एटिप श्रेष्ठले १२ हजार पुरस्कार हात पारे । महिलातर्फ निर्धारित दूरी १६ मिनेट ५ सेकेन्डबाट पूरा गरेकी बाह्रबिसेकी सपना बस्नेतले उपाधि जितिन् । उनले २० हजार पुरस्कार जितिन् । १७ मिनेट २५ सेकेन्डबाट जानु घिसिङ दोस्रो हुँदै १३ हजार र १७ मिनेट ५६ सेकेन्डबाट तेस्रो हुँदै सुजिता तामाङ ९ हजार रुपैयाँ जित्न सफल भए । दौडका विजेतालाई पूर्वमन्त्री मोहनबहादुर बस्नेतले पुरस्कृत गरेका थिए ।

प्रकाशित : कार्तिक ७, २०७८ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?