कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यू-२३ एसियन कप छनोट खेल्न नेपाली फुटबल टोली मंगलबार ताजिकिस्तान जाँदै

कान्तिपुर संवाददाता

काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी यू–२३ (आन्डर ट्वान्टी थ्री) एसियन कप छनोट खेल्ने नेपाली यू–२३ राष्ट्रिय फुटबल टोली मंगलबार ताजिकिस्तान प्रस्थान गर्दैछ ।

यू-२३ एसियन कप छनोट खेल्न नेपाली फुटबल टोली मंगलबार ताजिकिस्तान जाँदै

सोमबार दशरथ रंगशालामा अन्तिम तयारी गरेको नेपाली टोलीले बलिया टोलीसँग राम्रो प्रदर्शन गरेर अघिल्लो चरणमा स्थान बनाउने लक्ष्य लिएको छ ।

उज्वेकिस्तानमा सन २०२२ मा आयोजना छनोट खेलका लागि राष्ट्रिय टोलीमा अटाएका मनीष डाँगी, सुमन अर्याल, आयुष घलानलाई समेट्दै मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले २३ सदस्यीय नेपाली टिमको घोषणा गरेका छन् । फिफा वरीयतामा नेपालभन्दा माथि रहेका टोलीसँग नेपालले छनोट खेल्दैछ । टोलीमा अहिले युवा खेलाडीको बाहुल्यता रहेको छ भने केही राष्ट्रिय टोलीबाट अनुभव लिएका खेलाडी पनि समावेश भएका छन् । यसै कारण प्रशिक्षक बालगोपाल महर्जनले छोटो तयारीका बाबजुत पनि नेपाली टोली बलिया टोलीसँग राम्रो नतिजाका लागि खेल्ने बताए ।

प्रशिक्षक बालगोपल महर्जनले भने जस्तै नेपाली टोलीका गोलकिपर अपर्ण कार्कीले युवा खेलाडीमा जोश भएकाले बलिया देशविरुद्ध राम्रो नजिताका लागि खेल्ने प्रतिक्रिया दिए । यस्तै युवा स्ट्राइकर अभिसेक रिजालले बलियो टोलीविरुद्ध शतप्रतिशत दिएर खेल्ने बताए ।

छनोट अन्तर्गत नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान समावेश छन । ताजिकिस्तानमा हुने छनोट खेल आगामी अक्टोबर २३ देखि ३१ सम्म हुनेछ । नेपालले समूह चरणको पहिलो खेलमा इरानसँग अक्टोबर २५ मा खेल्नेछ ।

यस्तै दोस्रो खेलमा आयोजक ताजिकिस्तानसँग अक्टोबर २८ मा प्रतिस्पर्धा गदा अन्तिम खेल लेबनानसँग अक्टोबर ३१ मा खेल्नेछ । छनोटका ११ समूहको शीर्ष टोलीले एएफसी यू–२३ एसियन कप खेल्ने मौका पाउनेछन् । यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली पनि यू–२३ एसियन कपमा छनोट हुनेछन् । उज्वेकिस्तानमा नै हुने प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म आयोजना हुने तालिका रहेको छ ।

प्रकाशित : कार्तिक १, २०७८ १३:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?