१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

रोहित चन्द माल्दिभ्सबाटै इन्डोनेसिया प्रस्थान

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाललाई साफ च्याम्पियनसिपको उपविजेता बनाउनका लागि विशेष भूमिका खेलेका रोहित चन्द माल्दिभ्सबाटै इन्डोनेसिया प्रस्थान गर्ने भएका छन् । रोहित र प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीबाहेक टोलीका अन्य सदस्य भने सोमबार बिहान स्वदेश फर्किएका छन् ।

रोहित चन्द माल्दिभ्सबाटै इन्डोनेसिया प्रस्थान

रोहितले साफ च्याम्पियनसिपको फाइनल यात्रा तय गर्न सफल भए पनि सुनौलो इतिहास रच्न चुकेको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'समस्त फुटबलप्रेमी नेपालीहरुको माया र हौसलासहित साफ च्याम्पियनसिप को फाइनल सम्मको यात्रा तय गर्न सफल भयौं तर इतिहास रच्ने सुनौलो अवसर बाट चुक्यौँ । राष्ट्रिय टोलीको सदस्यको रुपमा सगौरव देशप्रतिको जिम्मेवारी पूरा गरी क्लब पर्सिजाको जिम्मेवारी पूरा गर्न मालदिभ्सबाट इन्डोनेसिया प्रस्थान गर्दैछु। मलाई अनि सम्पूर्ण नेपाली टिमलाई माया गर्नु हुने सम्पूर्णलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु ।'

इन्डोनेसियाको लिगा वानमा रोहितको टिम पर्सिजा जकार्ता ८औं स्थानमा रहेको छ । पर्सिजाको ७ खेलमा २ जित, ४ बराबरी र १ हारमा १० अंक रहेको छ ।

नेपालका लागि सर्वाधिक खेल्ने दोस्रो खेलाडी बनेका छन् रोहित । साफ च्याम्पियनसिपको फाइनल खेलेसँगै रोहितको ७४ क्याप पुगेको छ र यसक्रममा उनले पूर्व कप्तान विराट महर्जनलाई उछिनेका छन् । विराजले थ्री नेसन्सकप खेल्ने क्रममा कीर्तिमान ७३ औं क्याप जितेका थिए । पछि त्यसलाई उछिनेर अहिलेका कप्तान तथा गोलरक्षक किरण लिम्बू नेपालका लागि सर्वाधिक खेल खेल्ने खेलाडी भएका थिए । भारतविरुद्धको पछिल्लो खेल किरणको ७९औं क्याप थियो ।

प्रकाशित : कार्तिक १, २०७८ ११:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?