कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साफ च्याम्पियनसिप : अपेक्षित टिम, रोहितले विराजको बराबरी गर्दै

हिमेश

माले — नेपालले साफ च्याम्पियनसिप २०२१ मा बुधबार बंगलादेशको सामना गर्दैछ र त्यसमा जित अथवा बराबरीको नतिजाबाट नेपालले फाइनलको यात्रा तय गर्नेछ ।

साफ च्याम्पियनसिप : अपेक्षित टिम, रोहितले विराजको बराबरी गर्दै

राउन्ड रोबिनको आधारमा चलिरहेको प्रतियोगितामा नेपालले आफ्नो अन्तिम खेलका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले टिम पनि घोषणा गरेका छन् ।

त्यसमा कप्तान किरण लिम्बूसँगै दिनेश राजवंशी, अनन्त तामाङ, गौत्तम श्रेष्ठ, पुजन उपरकोटी, तेज तामाङ, अञ्जन विष्ट, सुजल श्रेष्ठ, नवयुग श्रेष्ठ, आयुष घलान र रोहित चन्द रहेका छन् । हार जोगाउनु पर्ने खेलका लागि प्रशिक्षक अल्मुताइरीले अपेक्षित जितको घोषणा गरेका छन् ।

यस खेलबाट रोहितले नेपालका लागि सर्वाधिक खेल खेलेको तथ्यांकमा पूर्व कप्तान विराज महर्जनको बराबरी गरेका छन् । नेपाली राष्ट्रिय टिमबा सन्यास लिइसकेको विराजले ७३ क्याप जितेकोमा अब रोहितले बंगलादेशविरुद्धको खेलसँगै त्यसको बराबरी गरेका छन् र संयुक्त रूपमा दोस्रो स्थानमा उक्लेका छन् । किरणले भने बंगलादेशविरुद्धको खेलबाट कीर्तिमान ७८ औं क्याप जितेका छन् ।

साफ च्याम्पियनसिपको इतिहासमा नेपाल र बंगलादेशबीच अहिलेसम्म सात खेल भएकोमा त्यसमध्ये नेपाल तीनमा विजयी रहेको छ भने चार खेल बंगलादेशको पक्षमा रहेको छ । त्यसमध्ये पछिल्ला तीन खेलमा नेपाल लगातार विजयी रहेको छ । समग्रमा नेपाल र बंगलादेशबीच अहिलेसम्म २३ खेल भएका छन् ।

त्यसमध्ये नेपालमा सातमा विजयी रहेको छ भने चार खेल बराबरीमा टुंगेका छन् । बाँकी १२ खेलमा भने बंगलादेशले जित निकालेको छ । यी दुई टिमबीचका पहिला पाँच खेलमा नेपाल दुईमा विजयी रहेको छ । यस्तै दुई खेल बराबरीमा टुंगेको छ भने एक खेलमा बंगलादेशले सफलता चुमेको छ ।

प्रकाशित : आश्विन २७, २०७८ १५:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?