कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तास्मानियामा बिकास्टलाई दसैं कपको उपाधि

कान्तिपुर संवाददाता

काठमाडौँ — (बिकास्ट) ले जितेको छ । उक्त टिमले नेप्लिज फुटबल क्लब अफ तास्मानियालाई पेनाल्टी सुटआउटमा हराएको हो । 

पहिलोचोटि आयोजना गरिएको प्रतियोगितामा राज्यका ७ टिमले सहभागिता जनाएका थिए । नेपाली सोसाइटी अफ तास्मानिया, नेप्लिज तास्मानियन स्पोट्स एसोसिएसन र अस्ट्रेलियन नेप्लिज फुटबल एसोसिएसन तास्मानियाले आयोजना गरेको प्रतियोगिताको विजयी टिमले १५ सय डलर र ट्रफीसमेत हात पारेको छ । उपविजेतालाई १ हजार डलर र ट्रफी प्रदान गरिएको थियो ।

दुई दिनसम्म चलेको उक्त प्रतियोगितामा राज्यकी महान्यायाधिवक्तासमेत रहेकी न्याय, कार्यस्थल सुरक्षा तथा कलामन्त्री एलिस आर्चरलगायत विभिन्न समुदायका व्यक्तिको सहभागिता रहेको आयोजक संस्थाका अध्यक्ष खगेन्द्र सत्यालले जानकारी दिए ।

प्रकाशित : आश्विन २७, २०७८ ०६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?