कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१६

भारतसँग खेल्न नेपाली टिमको घोषणा, तीन परिवर्तन

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालले साफ च्याम्पियनसीप २०२१ मा आइतबार भारतको सामना गर्दैछ र त्यसका लागि प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले सुरुआती ११ खेलाडीको सूची जारी गरेका छन् ।

भारतसँग खेल्न नेपाली टिमको घोषणा, तीन परिवर्तन

नेपालको सुरुआती ११ मा कप्तान किरण लिम्बू, दिनेश राजवंशी, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ, सुजल श्रेष्ठ, मनीष डांगी र रोहित चन्द छन् ।

प्रतियोगितामा श्रीलंकाको सामना गरेको टिममा सुरुमै खेल्न नपाएका दिनेश, सुजल र मनीष फेरि फर्केका छन् । उनीहरूले विशाल राई, अञ्जन विष्ट र नवयुग श्रेष्ठको स्थान लिनेछन् ।

प्रतियोगितामा नेपाल ६ अंकसहित शीर्ष स्थानमा छ । माल्दिभ्सको पनि समान ६ अंक छ । त्यसपछि बंगलादेशको ४, भारतको ४ तथा श्रीलंकाको १ अंक छ ।

प्रकाशित : आश्विन २४, २०७८ २१:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?