कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२

ईपीएल फाइनल : चितवन टाइगर्स र पोखरा राइनोज भिड्दै

कान्तिपुर संवाददाता

काठमाडौँ — बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) को फाइनल खेलमा चितवन राइनोजले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ । 

ईपीएल फाइनल : चितवन टाइगर्स र पोखरा राइनोज भिड्दै

त्रिवि क्रिकेट मैदानमा शनिबार हुने खेलमा चितवनका कप्तान सोमपाल कामीले पोखरा राइनोजविरुद्ध फिल्डङ गर्ने निर्णय गरेका हुन् ।

यी दुई टोलीबीच प्रतियोगितामा तेस्रोपटक प्रतिस्पर्धा हुन लागेको हो । राउन्ड रोबिन र क्वालिफायर दुवै प्रतिस्पर्धामा चितवनले पोखरालाई समान ९ विकेटले पराजित गरेको थियो ।

क्वालिफायरमा देब्रे हाते स्पिनरद्वय सागर ढकाल र सहाब आलमले ४/४ विकेट लिएपछि पोखरा ६६ रनमै अलआउट भएको थियो । जुन ईपीएल इतिहासकै सबैभन्दा न्युन स्कोर हो ।

पोखराले क्वालिफायर १ मा भैरहवा ग्लाडियटर्सलाई ७ विकेटले पराजित गरी पुनः चितनवसँगको फाइनल यात्रा तय गरेको थियो ।

दुवै टोली पहिलोपटक फाइनल खल्दै छन् । पछिल्लो खेल खेलेको टोलीबाट दुवैले कुनै खेलाडी परिवर्तन गरेका छैनन् ।

प्रकाशित : आश्विन २३, २०७८ ११:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×