कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

एपीएफ र न्यु डायमन्ड विजयी

कान्तिपुर संवाददाता

काठमाडौँ — छैटौं एनभीए क्लब च्याम्पियनसिप भलिबलमा महिलातर्फ साबिक विजेता विभागीय टोली एपीएफ क्लबले ढोरपाटन स्पोर्ट्स क्लबमाथि सोझो सेटको नतिजा निकाल्दै विजयी सुरुआत गरेको छ ।

एपीएफ र न्यु डायमन्ड विजयी

दशरथ रंगशालास्थित राखेप कभर्डहलमा मंगलबार एपीएफले २५–११, २५–७, २५–१३ ले सेट जितेर ३ अंक जोडेको हो । न्यु डायमन्ड एकेडेमीले एभरेस्ट भलिबल ट्रेनिङ सेन्टरलाई २५–६, २५–५, २५–१३ को सेटमा हरायो ।

पुरुषतर्फ गण्डकी प्रदेशले मणिमुकुन्द क्लबलाई ३–२ सेटमा हराएको छ । प्रतिस्पर्धात्मक खेलमा भारतीय खेलाडीसम्मिलित गण्डकीले पहिलो २६–२४ र दोस्रो सेट ३६–३४ ले आफ्नो पक्षमा पारेको थियो । तर, मणिमुकुन्दले तेस्रो २५–१८ र चौथो सेट २७–२५ ले जितेर खेलमा पुनरागन गर्‍यो ।

निर्णायक सेट गण्डकीले १५–१३ ले आफ्नो पक्षमा पार्दै खेल जितेको थियो । समूह ‘बी’ मा पुलिस ६ अंकसहित शीर्षस्थानमा छ । गण्डकीको ५ अंक छ । दुवैले नकआउट चरणको यात्रा तय गरेका छन् ।

हेल्प नेपालले प्रदेश २ लाई ३–० को सोझो सेटमा हरायो । अघिल्लो दिन वाग्मतीलाई हराएको हेल्प नेपालले मंगलबार प्रदेश २ माथि २५–२१, २५–१७, २५–१६ को नतिजा निकालेको थियो । समूह ‘ए’ मा हेल्प नेपाल र गलकोट स्पोर्ट्स क्लब समान ६ अंकसाथ नकआउट चरणमा पुगेका छन् ।

प्रकाशित : आश्विन १३, २०७८ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×