कोलकाताको जित- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोलकाताको जित

एजेन्सी

शारजहाँ — सुनिल नारिनले १० बलमा निर्णायक साबित २१ रन बनाएपछि कोलकाता नाइट राइडर्सले मंगलबार इन्डियन प्रिमियर लिगमा दिल्ली क्यापिटल्सलाई ३ विकेटले पराजित गरेको छ ।

यो जितपछि कोलकाताको प्लेअफ खेल्ने सम्भावना जीवन्त बनेको छ । जितनिम्ति १ सय २८ रन पछ्याइरहेको कोलकाता एक समय ५ विकेट गुमाएर ९६ रनको स्थितिमा थियो ।

तर नारिनले कागिसो रबाडाको १६ औं ओभरमा २१ रन बनाए । उनी जितसम्म पुग्नु ६ रनअगाडि आउट भए । नितिश राणाले १० बल बाँकी छँदै आफ्नो टिमलाई जितसम्म पुर्‍याए । नितिशले अविजित ३६ रन बनाए । दिल्लीका अवेश खानले तीन विकेट लिएका थिए । दिल्लीले भने ९ विकेटमा १ सय २७ रन बनाएको थियो । त्यसमा कप्तान ऋषभ पन्त र स्टिभ स्मिथ दुवैले ३९ तथा शिखर धवनले २४ रन बनाए । यो जितपछि ८ टिमको प्रतियोगितामा कोलकाता (१०) चौथो स्थानमा रह्यो ।


प्रकाशित : आश्विन १३, २०७८ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्

रियललाई भिल्लारियलको बराबरी धक्का

एजेन्सी

म्याड्रिड — स्पेनी लिगाको शीर्ष स्थानमा रहेको रियल म्याड्रिड शनिबार भिल्लारियलसँग गोलरहित बराबरीमा रोकिएको छ । कार्लो एन्सेलोटीको रियलले यसअघिका ६ खेलमा २१ गोल गरे पनि  भिल्लारियलविरुद्ध गोलको अवसर बनाउन चुकेको हो ।

रियल सात खेलबाट १७ अंकसहित शीर्ष स्थानमा छ । उसलाई दोस्रो स्थानमा रहेको सेभियामाथि ३ अंकको अग्रता प्राप्त छ । सेभियाले अर्को खेलमा एस्पान्योललाई २–० ले हरायो । डिफेन्डिङ च्याम्पियन एट्लेटिको म्याड्रिड भने एलाभेससँग १–० ले पराजित रह्यो ।

प्रकाशित : आश्विन १०, २०७८ ०७:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×