कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ईपीएल : चितवनविरुद्ध विराटनगरको पहिले ब्याटिङ

विनोद पाण्डे

काठमाडौँ — चितवन टाइगर्सले बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा आइतबार विराटनगर वारियर्सविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ । चितवनका कप्तान कप्तान सोमपाल कामीले टस जितेर विराटनगरलाई ब्याटिङमा बोलाएका हुन् ।

ईपीएल : चितवनविरुद्ध विराटनगरको पहिले ब्याटिङ

विराटनगरको कप्तानी करण केसीले गरिरहेका छन् । नेपालका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट दुई महिनाअघि नै संन्यास लिइसकेकाले विराटनगरले नेतृत्वको जिम्मा करणलाई दिएको हो । विराटनगरको टोलीमा भेट्रान स्पिनर वसन्त रेग्मी पनि छैनन् ।

सोमपाल पहिलोपटक चितवनबाट खेलिरहेका छन् । दुई सिजनअघि उनी काठमाडौं किंग्स–११ मा थिए । चितवनले उनलाई ‘ट्रेड’मार्फत ल्याएको थियो । चितवनबाट दिलीप नाथ, मोहम्मद साहजाद, साहव आलम, सागर ढकाल, कमलसिंह ऐरी, भीम सार्की, सेकुगे प्रसन्न, करिम जन्नत, राजेश पुलामी मगर, ईशान पाण्डे खेलिरहेका छन् ।

विराटनगरबाट करणसहित, आसिफ शेख, सुमित महर्जन, अनिल खरेल, विक्रम भुसाल, सौरभ खनाल, प्रतिस जीसी, सिकन्दर राजा, हेमराज चन्द्रपाल र रायन पठान खेलिरहेका छन् ।

विराटनगर २०१८ सिजनको विजेता हो । चितवनले २०१९ को पछिल्लो सिजनको राउन्ड रोबिन लिगको अन्तिम खेलमा विराटनगरलाई नै पराजित गरी प्लेअफमा पुगेको थियो ।


प्रकाशित : आश्विन १०, २०७८ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?