कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ग्राण्ड स्लाम विजेता एम्मासँग बेलायती युवराज्ञी क्याथरिनको टेनिस

लण्डन — बेलायती युवराज्ञी क्याथरिन एलिजावेथ मिडलटनले हालै यूएस ओपन टेनिस विजेता एम्मा राडुकानुसँग टेनिस खेलेकी छन् । एम्माले यूएस ओपन टेनिस जितेपछि पहिलो पटक क्याथरिनसँग मैत्रीपूर्ण खेल खेलेकी हुन् ।

ग्राण्ड स्लाम विजेता एम्मासँग बेलायती युवराज्ञी क्याथरिनको टेनिस

नीलो टेनिस स्कर्टको पहिरनमा लण्डनस्थित नेस्नल टेनिस सेन्टरमा उत्साही बन्दै क्याथरिन उत्रिँदा बेलायती मिडियाले प्रमुख समाचार बनाएका छन् । बेलायत राजपरिवारकी सदस्य ३९ वर्षीया क्याथरिन खेलप्रेमी समेत हुन् । यसै महिनाको सुरुमा अमेरिकन ओपन टेनिसको ऐतिहासिक जित हात पारेर बेलायत फर्किएकी किशोरी एम्मालाई पहिलो पटक भेट गरेकी हुन् । १८ वर्षीया एम्मा ४४ वर्षपछि ग्रान्ड स्लाम जित्ने पहिलो बेलायती किशोरी हुन् ।

क्याथरिन र एम्मा टेनिस ख्ल्नुअघि केहीबेर कुराकानी समेत गरेका थिए। उनीहरुको कुराकानी बीबीसीले समेत सार्वजनिक गर्दैछ । शुक्रबार एम्मालाई स्वागत गर्ने क्रममा टेनिस प्रेमी क्याथरिन पनि सहभागी भएकी हुन् । जबकि क्याथरिन आयोजक लन टेनिस एशोसिएसन (एलटिए) को संरक्षक समेत हुन् । एलटिए भावी पुस्ताका खेलाडी उत्पादन गर्ने थलो अर्थात् ४ देखि १८ वर्ष उमेर समूहका खेलाडीहरुको सिकाइ थलोको रुपमा चिनिन्छ । यसका साथै एलटिएले टेनिस खेलमा रमाइरहेका खेलाडीहरुलाई सहायता गर्दै आएको छ।

ग्रान्ड स्लाम जितेर फर्किएकी एम्मालाई यही स्टेडियममा स्वागत गरिएको हो । यस क्रममा डचेस अफ क्याम्ब्रिज क्याथरिन सँगै म्याच खेलेकी हुन् । एम्मा बेलायत फर्किएपछि आफ्ना स्कुले साथीहरुलाई समेत भेटेर अन्तरक्रिया गरेकी छन् । गत फेब्रुअरीमा अर्थर एस स्टेडियममा भएको खेलमा प्रभावशाली टेनिस खेलाडी एम्माले ६-४- ६-३ को अन्तरमा जित हासिल गरेकी थिइन् । २०१८ मा एलटिएमा आबद्ध एम्मा हाल यसको दूत समेत हुन् ।

बेलायत राज परिवारले विज्ञप्ति जारी गर्दै क्याथरिनले सबै पृष्ठभूमिबाट आएका नयाँ खेलाडीहरुलाई हौसला प्रदान गर्न क्याथरिन टेनिस कोर्टमा उपस्थित भएको जनाएको छ । क्याथरिनले यसअघि एम्माले ग्रान्ड स्लाम जितेपछि उनको जितले आश्चर्यचकित बनेको भन्दै बधाई दिएकी थिइन् । साथै एम्माको जितले आफूहरुलाई गर्व महसुस भएको भन्दै खुसी व्यक्त गरेकी थिइन् ।

प्रकाशित : आश्विन ८, २०७८ २०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?