कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिम्रिकलाई जीएफसी कप

अस्ट्रेलिया — अस्ट्रेलियाको ब्रिसबनमा आयोजित जीएफसी कप फुटबलको उपाधि स्थानीय सिम्रिक फुटबल क्लबले जितेको छ । कोरोना माहामारीबीच भएको प्रतियोगितामा विभिन्न स्थानका १२ क्लबले भाग लिएका थिए । 

सिम्रिकलाई जीएफसी कप

ब्रिसबनमा रहेका नेपाली फुटबल क्लबबीच आयोजना गरिएको प्रतियोगितामा विभिन्न तीन समूहमा राखेर प्रतिस्पर्धा गराइएको थियो । अपराजित रही सिम्रिकले उपाधिसँगै ३ हजार डलर जितेको छ ।

गोर्खा फुटबल क्लबले आयोजना गरेको प्रतियोगितामा उपविजेता फरेभर योङ फुटबल क्लबले १ हजार डलर पाएको थियो । उत्कृष्ट गोलकिपर विजेताका शैलेन्द्र बस्नेत भए । फाइनलका प्लेयर अफ द म्याच नरेन्द्र रावल भए ।

प्लेयर अफ द टुर्नामेन्ट फरेभरका रोशन न्यौपानेले जिते । आयोजकले ब्रिसबनमा रहेका नेपाली फुटबल खेलाडीलाई स्थान दिन र नयाँ प्रतिभाको पहिचान गर्ने उद्देश्यसाथ प्रतियोगिता गरिएको जनाएको छ । स्पर्धामा स्थानीयका साथै नेपाली दर्शकको सहभागिता थियो ।

प्रकाशित : आश्विन ७, २०७८ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?