कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मालोर्कामाथि रियलको प्रभावशाली जित

एजेन्सी

म्याड्रिड — मार्को एसेन्सिओको उत्कृष्ट ह्याट्रिकमा रियल म्याड्रिडले स्पेनी ला लिगामा बुधबार रियल मालोर्कालाई ६–१ ले हराएको छ । बर्नाबाउमा प्राप्त यो जितपछि रियल अंकतालिकाको शीर्ष स्थानमा उक्लेको छ ।

मालोर्कामाथि रियलको प्रभावशाली जित

रियलको ६ खेलबाट १६ अंक भएको छ । रियलका लागि गोलको खाता खोलेका करिम बेन्जेमाले दुई गोल गरे । थप एक गोल इस्कोको नाममा रह्यो । एट्लेटिको म्याड्रिड १४ अंकसाथ दोस्रो स्थानमा छ ।

बुधबारकै अन्य खेलमा सेभियाले भ्यालेन्सियालाई ३–१ ले हराउँदै तेस्रो स्थानमा रह्यो । यस्तै एस्पान्योलले एलाभेसलाई १–० र भिल्लारियलले एल्चेलाई ४–१ ले पराजित गर्‍यो ।

प्रकाशित : आश्विन ७, २०७८ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?