कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

युभेन्टसको पहिलो लिग जित

एजेन्सी

मिलान — युभेन्टसले बुधबार इटालीको सिरी ‘ए’ मा यो सिजनको पहिलो लिग जित निकालेको छ । यसका लागि उसले स्पेजियालाई ३–२ ले हरायो । खेल सकिनु ६ मिनेटअगाडि सेन्टर ब्याक म्याथिज डे लिग्टले युभेन्टसका लागि विजयी गोल गरे ।

युभेन्टसको पहिलो लिग जित

यो जितपछि मासिमिलिनो एलेग्रेको टिम अंक तालिकाको १२ औं स्थानमा उक्लेको छ । यसअघि चार खेलबाट दुई अंक बटुलेर युभेन्टस रेलिगेसन क्षेत्रमा थियो ।

बुधबारको अर्को प्रमुख खेलमा एसी मिलानले भेनेजियालाई २–० ले हराएर दोस्रो स्थानमा उक्लिन सफल रह्यो । मिलानको १३ अंक भएको छ । समान १३ अंकमा इन्टर मिलान शीर्ष स्थानमा छ ।

प्रकाशित : आश्विन ७, २०७८ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?