कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तालिवानद्वारा क्रिकेट प्रमुख बर्खास्त

एएफपी

काबुल — तालिवानले अफगानिस्तानी क्रिकेट बोर्डका प्रमुख हामिद सिनवारीलाई मंगलबार बर्खास्त गरेको छ । उनको स्थानमा नसिबुल्लाह हक्कानीलाई नियुक्त गरिएको छ । उनी हक्कानी समूहका सदस्य हुन् । अफगानिस्तानमा भएका अनेक आक्रमणका लागि हक्कानी समूह जिम्मेवार मानिन्छ । हक्कानी तालिवानकै एक समूह हो । 

तालिवानद्वारा क्रिकेट प्रमुख बर्खास्त

सिनवारीले आफ्नो फेसबुकमा आफूलाई हटाएको लेखेका छन् । यसका लागि हक्कानी समूहका शीर्ष नेताले आदेश दिएको पनि बताएका छन् । उनले भनेका छन्, ‘अनास हक्कानीले क्रिकेट बोर्डमा भ्रमण गर्दै अबदेखि कार्यकाल सकिएको जानकारी दिए ।’ अनास हक्कानी तालिवानका उच्च नेता हुन् ।

उनी अफगानमन्त्री सिराजुद्दिन हक्कानीका कान्छा भाइ हुन् । सिनवारीले आफ्नो फेसबुकमा सन्देश छाडेयता त्यसलाई ‘डिएक्टिभ’ गरेका छन् । सिनवारीले आफूलाई लिखित रूपमा कुनै जानकारी भने प्राप्त नभएको जनाएका छन् । आफू निर्वाचित कार्यकारी प्रमुख भएको तर अहिले किन हटाइएको हो भनेर थाहा नभएको उनले बताएका छन् ।


प्रकाशित : आश्विन ६, २०७८ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?