अफगान सर्वोच्च अदालतका दुई जना महिला न्यायाधीशको काबुलमा गोली हानी हत्या गरिएको छ । आइतबार बिहान कामका लागि अदालत जाने क्रममा ती न्यायाधीशको हत्या गरिएको हो ।
नरविचरेलिगेसनबाट बच्न संघर्षरत दुई टिमबीचको खेलमा ब्राइटनले शनिबार नरविचलाई उसकै घरमा १–० ले हराएको छ । ब्राइटनको जितमा निर्णायक गोल २५ औं मिनेटमा लिन्ड्रो ट्रोसार्डले गरे ।
सेल्टिकलाई सोमबार स्कटिस प्रिमियर लिगको च्याम्पियन घोषणा गरिएको छ । सेल्टिकले लिग जितेको यो लगातार र कीर्तिमान नवौपल्ट हो । निल लेननको टिम लिग तालिकामा १३ अंकको अग्रतासहित शीर्ष स्थानमा थियो ।
इन्डियन प्रिमियर लिग (आईपीएल) को यो सिजन रद्द भएमा भारतीय क्रिकेटले ठूलो रकम गुमाउने त्यहाँको बोर्ड बीसीसीआईले मंगलबार भनेको छ । विश्वकै सबैभन्दा ठूलो ट्वान्टी ट्वान्टी क्रिकेट लिग सुरुआतको १२ वर्षयता पहिलोपल्ट स्थगित हुने स्थितिमा छ ।
चीनका विद्यालय तथा विभिन्न सरकारी कार्यालयहरूमा कोरोना भाइरसको परीक्षण गर्ने गरिएको छ । हरेक दिन पढ्न जाने विद्यार्थी र सरकारी तथा निजी कार्यालयका कर्मचारीलाई भाइरसको परीक्षण गरेर मात्र भित्र पस्न दिने गरिएको समाचारमा जनाइएको छ । हरेक दिन विद्यालय पुगेका विद्यार्थीहरू यो परीक्षणका लागि लाम लागेर उभिएको देखिने गरेको छ ।
सामाजिक सञ्जाल ट्वीटरका प्रमुख कार्यकारी अधिकृत ज्याक डोर्सेले कोरोनाभाइरस महामारीसँग सम्बन्धित राहतका कार्यमा खर्च गर्ने गरी एक अर्ब अमेरिकी डलर उपलब्ध गराउने घोषणा गरेका छन् । उक्त रकम डोर्सेले स्थापना गरेको स्क्वाएर इन्कको लगानीबाट उपलब्ध गराउने बताइएको छ ।
इंग्लिस फुटबलको सर्वोच्च निकाय फुटबल एसोसिएसन (एफए) का अध्यक्ष ग्रेग क्लार्कले कोरोना भाइरस महामारीको रूपमा फैलिएका कारण घरेलु फुटबलको सिजनले पूर्णता पाउनेमा शंका व्यक्त गरेका छन् ।