कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४६

अष्ट्रेलियालाई भारतको बलियो जवाफ

एएफपी

अहमदावाद — शुभमन गिलको उत्कृट शतक तथा विराट कोहलीको नटआउट ५९ रनको मद्दतले भारतले अस्ट्रेलियाविरुद्धको चौथो तथा अन्तिम टेस्टको तेस्रो दिन शनिबार बलियो जवाफ फर्काएको छ ।

अष्ट्रेलियालाई भारतको बलियो जवाफ

दिनको खेल समाप्त हुँदा भारतले तीन विकेट गुमाएर २ सय ८९ रन बनाएको छ । भारत अझै १ सय ९१ रनले पछाडि रहेको छ । अस्ट्रेलियाले त्यस अगाडि ४ सय ८० रनको स्कोर खडा गरेको थियो ।

टेस्ट क्रिकेटमा आफ्नो दोस्रो शतक बनाउने क्रममा गिलले १ सय २८ रन बनाए । उनले दोस्रो विकेटका लागि चेतेश्वर पुजारासँग १ सय १३ रनको ठोस साझेदारी गरे । पुजाराले ४२ रन बनाए ।

प्रकाशित : फाल्गुन २७, २०७९ २०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?