हालेप र रेबिकिना अन्तिम चारमा

एएफपी

लन्डन — पूर्वच्याम्पियन सिमोना हालेपले विश्व टेनिसमा आफ्नो पुनरागमन कायम राख्दै बुधबार अमेरिकाकी अमान्डा एनिसिमोभालाई हराइन् । यससँगै उनी विम्बल्डनको अन्तिम चारमा प्रवेश गरिन् ।

हालेप र रेबिकिना अन्तिम चारमा

रोमानियाली हालेप १६ औं वरीयता प्राप्त खेलाडी हुन् । तर चोटका कारण सन् २०१९ मा उनी संन्यानको संघारमा पुगेकी थिइन् ।

तर अहिले पुनरागमनको क्रममा रहेकी ३० वर्षीया हालेपले एनिसिमोभालाई ६–२ र ६–४ ले हराइन् । उनले जितका लागि एक घण्टा तीन मिनेट खर्चिएकी थिइन् । अब दुई पटकको ग्रान्ड स्लाम विजेता हालेपले काजाकिस्तानकी एलेना रेबिकिनाको सामना गर्नेछिन् ।

रेबिकिनाले अर्को खेलमा अस्ट्रेलियाकी एजला टोमलजानोभिचलाई ४–६, ५–२ र ६–३ ले हराइन् । पहिलो सेट गुमाएयता रुसी मुलका काजाक खेलाडी रेबिकिनाले उत्कृष्ट प्रदर्शन गर्दै खेलमा फर्कैँदै जित निकालेकी थिइन् ।

प्रकाशित : असार २२, २०७९ २०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?