कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

लिभरपुल शीर्ष स्थानबाट एक अंकको दूरीमा

एएफपी

लन्डन — लिभरपुलले इंग्लिस प्रिमियर लिगमा बुधबार आर्सनललाई २–० ले हराएर शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीसँगको दूरी एक अंकमा छोट्याएको छ । उसका लागि डिएगो जोटा र रोबर्टो फिरमिनोले गोल गरे । सिटीले क्रिस्टल प्यालेससँग खेलेको गोलरहित बराबरीको नतिजाको फाइदा लिँदै अहिले आर्सनललाई इमिरेट्समा हराएको हो ।

लिभरपुल शीर्ष स्थानबाट एक अंकको दूरीमा

योर्गन क्लोपको लिभरपुल अहिले ऐतिहासिक चार उपाधिको पछाडि रहेको छ र उसले लिगका पछिल्ला नौ खेल लगातार जितेको छ । यी खेलमा उसले २३ गोल गरेको छ भने जम्मा दुई गोल खाएको छ । जनवरी १५ सम्म सिटीसँग लिभरपुल १४ अंकले पछाडि रहेको थियो । तर अब उसले पछिल्ला तीन सिजनमा दोस्रो लिग उपाधिका लागि प्रयास गर्न सक्नेछ ।

अप्रिल २ मा लिभरपुलले वाटफोर्डको सामना गरेपछि अप्रिल १० मा दुई टिमबीच निर्णायक खेल हुन सक्नेछ । त्यसका लागि इतिहाडमा हुने खेलमा लागि लिभरपुलले सिटीको भ्रमण गर्नेछ । आर्सनलविरुद्ध भने जोटाले ५४ र फिरमिनोले ६२ औं मिनेटमा गोल गरे । बुधबारकै अर्को खेलमा टोटनहमले ब्राइटनलाई २–० ले हरायो ।

प्रकाशित : चैत्र ३, २०७८ ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?