आर्सनललाई पराजित गर्दै टोटनहम शीर्ष चारमा कायम
लन्डन — ह्यारी केनको दुई गोलको मद्दतले टोटनहमले बिहीबार १० खेलाडीमा सीमित आर्सनललाई ३–० ले पराजित गर्दै इंग्लिस प्रिमियर लिगमा शीर्ष चारको सम्भावनालाई कायम राखेको छ ।
टोटनहमले एन्टोनियो कोन्टेको यो खेल गुमाएको भए शीर्ष चारको सम्भावना समाप्त हुने थियो । आर्सनल भने यो खेलमा विजयी रहेको भए उसको च्याम्पियन्स लिगमा छनोट हुने निश्चित हुन्थ्यो ।
टोटनहमका लागि केनसँग सन ह्वेङ–मिनले एक गोल गरे । आर्सनलले सन् २०१६–२०१७ यता च्याम्पियन्स लिग खेलेको छैन । जितले टोटनहमको ६५ अंक भयो भने आर्सनल अझै ६६ अंकमा चौथो स्थानमा छ ।
प्रकाशित : वैशाख ३०, २०७९ ०६:५७प्रतिक्रिया