कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३२

विम्बल्डन २०२३ : फाइनलमा भोन्ड्रोसोभाको प्रतिद्वन्द्वी जबेर

एएफपी

लन्डन — ओनस जबेरले उत्कृष्ट पुनरागमनको नमुना पेस गर्दै बिहीबार आर्यना सबलेन्कालाई पराजित गरिन् र विम्बल्डन २०२३ को महिलो एकलको फाइनलमा प्रवेश गरेकी छन् । अब उपाधिको भिडन्तमा उनको सामना मारकेटा भोन्ड्रोसोभाविरुद्ध हुनेछ ।

विम्बल्डन २०२३ : फाइनलमा भोन्ड्रोसोभाको प्रतिद्वन्द्वी जबेर

तीन सेट चलेको कडा प्रतिस्पर्धात्मक खेलमा जबेर ६–७ (५/७), ६–४ र ६–३ ले विजयी रहिन् । उनी लगातार दोस्रो वर्ष विम्बल्डनको फाइनल पुगेकी हुन् । हारको संघारमा रहेर उनले यो उपलब्धि चुमेकी हुन् ।

फाइनल शनिबार हुनेछ र त्यस खेलले विम्बल्डनको नयाँ विजेता र पहिलो ग्रान्ड स्लाम विजेता पनि दुवै दिनेछ । यसअघि भोन्ड्रोसोभाले एलिना स्भिटोलिनालाई ६–३ र ६–३ ले पराजित गरेकी थिइन् ।

प्रकाशित : असार २९, २०८० ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?