२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

फ्रेन्च ओपन : गौफ र ट्रेभिसान सेमिफाइनलमा

एएफपी

पेरिस — टिनएजर्स कोको गौफ र मार्टिना ट्रेभिसानले पहिलोपल्ट ग्रान्ड स्लाम टेनिसको सेमिफाइनलमा स्थान बनाउनेक्रममा मंगलबार फ्रेन्च ओपनको अन्तिम चारको यात्रा तय गरेका छन् ।

फ्रेन्च ओपन : गौफ र ट्रेभिसान सेमिफाइनलमा

१५ वर्षको छँदै बिम्बल्डन ओपन खेल्ने सबैभन्दा कान्छी खेलाडी बन्नेक्रममै भेनस विलियम्सलाई पराजित गर्दै चौथो चरण पुगेर तीन वर्षअघि तहल्का मच्चाएकी अमेरिकी गौफले आफ्नै देशकी स्लोएन स्टेफेन्सलाई ७–५, ६–२ ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरिन् । खाना अरुचिको समस्याबाट मुक्त भएर फर्किंदै व्यावसायिक टेनिस करिअरलाई नयाँ उचाइमा पुर्‍याएकी ट्रेभिसानले तीन सेटको प्रतिस्पर्धामा क्यानडेली १९ वर्षीया लेयलाह फर्नान्डेजको चुनौती ६–२, ६–७, ६–३ ले समाप्त पार्दै क्वाटरफाइनल पार गरिन् ।

विश्व वरीयतामा २३ औं स्थानमा रहेकी गौफ स्टेफेन्सविरुद्ध युएस ओपन २०२१ को बदला लिइन् । यससँगै उनले गत वर्ष पेरिसमा पछि च्याम्पियन भएकी बारबोरा क्रेसिकोभाविरुद्ध क्वाटरफाइनलमा बेहोरेको हारको सम्झनालाई पनि यसपालि मेटेकी छन् । तीन वर्षयता ग्रान्डस्लाममा पहिलोपल्ट क्वाटरफाइनल खेलेकी स्टेफेन्सले गौफलाई रोक्दै दोस्रो सेट आफ्नो पक्षमा पारे पनि सफलता हात पार्न सकिनन् ।

‘मैले धेरै खुसी महसुस गरेकी छु,’ १८ वर्षीया गौफले भनिन्, ‘गत वर्षको हार मेरो लागि निकै कठिन भएको थियो तर मलाई विश्वास भयो कि त्यो खेलले मलाई बलियो बनाइदियो ।’ उनले थपिन्, ‘पछिल्लो समय मैले स्लोएनविरुद्ध हारेकी थिएँ । अहिले फरक रह्यो । म अहिले मानसिक रूपमा उनीजस्तै बलियो भएकी छु, जुन अरूले गर्न सक्दैनन् ।’

विश्व वरीयतामा ५९ औं स्थानकी ट्रेभिसान गौफभन्दा १० वर्ष बढी उमेरकी हुन् । उनी सन् २०२० मा आश्चर्यजनक रूपमा क्वाटरफाइनल पुगेकी थिइन् । उनी पहिलो डब्लुटीए उपाधि राबत (मोरक्को) मा जितेर फ्रेन्च ओपनमा आइपुगेकी हुन् । उनको मंगलबारको सफलता लगातार ९ खेलको जित पनि हो । सारा इरानी (२०१३) पछि फ्रेन्च ओपनको सेमिफाइनल पुग्ने उनी पहिलो इटालियन हुन् । उनी विश्व वरीयताको शीर्ष ३० भित्र पुग्न सफल भइन् ।

प्रकाशित : जेष्ठ १८, २०७९ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?