कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५६

सनसहित कोरियाली टिम घोषणा

एएफपी

सोल — अनुहारमा गम्भीर चोट लागेका टोटेनहम हर्टस्परका स्ट्राइकर सन ह्युङ मिनलाई समेट्दै दक्षिण कोरियाले कतार विश्वकपका लागि टिम घोषणा गरेको छ ।

सनसहित कोरियाली टिम घोषणा

दक्षिण कोरियाली टिमका कप्तान तथा मुख्य खेलाडी सनको बायाँ आँखाको हाड गत साता च्याम्पियन्स लिगको खेलका क्रममा भाँचिएको थियो । ‘हामी उनीसँग सम्पर्कमा छौं र टोटेनहमको मेडिकल विभागसँग पनि,’ दक्षिण कोरियाका पोर्चुगिज प्रशिक्षक पाउलो बेन्टोले सनलाई समेटेदै टिम घोषणा गरेपछि बताए, ‘हामीसँग धेरै सूचना छैन तर कुनै निश्चित दिनमा उनले टिमसँग अभ्यास गर्न सक्छन् । हामीले प्रतीक्षा गर्नु आवश्यक छ । हरेक दिन हामीले परिस्थितिको विश्लेषण गर्नु आवश्यक छ ।’

‘हामीसँग निर्णय गर्न समय छ । सबैभन्दा महत्त्वपूर्ण भनेको उनी सम्भव भएसम्म चाँडै रिकोभर हुनेछन् । उनले सहज महसुस गरेका छन् । त्यसपछि अन्तिम निर्णय लिनेछौं,’ बेन्टोले भने । उनले ओ ह्योन–ग्युसहितको २७ सदस्यीय टिम घोषणा गरेका छन् । कतारमा टिमसँगै प्रशिक्षण गर्ने ओले सन चोटमुक्त नभएमा टिममा उनको स्थान लिनेछन् । दक्षिण कोरियाले पहिलो खेलमा नोभेम्बर २४ मा उरुग्वेको सामना गर्नेछ ।

सनले कोरियाका लागि १ सय ६ खेलमा ३५ गोल गरेका छन् । उनले सामाजिक सञ्जालमा ‘आफ्नो सुन्दर देशको प्रतिनिधित्व गर्न व्यग्र प्रतीक्षा गरिरहेको’ लेखेका थिए । कोरियाले समूह ‘एच’ मा घाना र पोर्चुगलविरुद्ध पनि खेल्ने छ । सन र युरोपमा खेलिरहेका खेलाडीको अनुपस्थितिमा पनि दक्षिण कोरियाले शुक्रबार घरेलु मैदानमा भएको मैत्रीपूर्ण खेलमा आइसल्यान्डलाई १–० ले हराएको थियो ।

प्रकाशित : कार्तिक २७, २०७९ ०६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?