कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग : राइजिङको लगातार जित, प्रभातफेरिको लगातार हार

काठमाडौँ — धरानको राइजिङ क्लबले 'ए' डिभिजन राष्ट्रिय फुटसल लिगमा लगातार दोस्रो जित दर्ता गरेको छ । सोमबारको पहिलो खेलमा राइजिङले काठमाडौंको प्रभातफेरिलाई ११–६ गोलले पराजित गरेको हो ।

‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग : राइजिङको लगातार जित, प्रभातफेरिको लगातार हार

प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौंको स्काई गोल्सलाई पराजित गरी सनसनीपूर्ण प्रदर्शन गरेको राइजिङले जित यात्रालाई निरन्तरता दिँदा प्रभातफेरिले भने लगातार दोस्रो हार बेहोर्‍यो । पहिलो खेलमा प्रभातफेरिले घरेलु टोली स्पोर्टस् क्यासलसँग ७–० को हार भोगेको थियो ।

आजको खेलमा पहिलो हाफ राइजिङले एकपक्षीय खेल प्रदर्शन गर्‍यो । रेवस मास्केले एक मिनेटभित्र दुई गोल गरेपछि तेस्रो मिनेटमा अग्रता बनाएको राइजिङले पहिलो हाफमा ५–१ गोलअन्तरको अग्रता बनाएको थियो ।

दोस्रो हाफमा प्रभातफेरिले सुधारिएको प्रदर्शन गर्दा राइजिङ भने केही ढुक्क देखियो । प्रभातफेरिले ५ गोल थप्दा राइजिङले पनि ६ गोल थप्यो । प्रतियोगितामा सबैभन्दा धेरै गोल भएको खेल पनि यही हो । यो खेलमा १७ गोल सम्भव भयो ।

राइजिङका लागि रेवस र विकु तामाङले ह्याट्रिक पूरा गरे । मिलन राईले २ गोल गरे । मिलन लिम्बु, दोर्जे तामाङ र सुदीप गुरुङले १–१ गोल गरे ।

प्रभातफेरिका तर्फबाट धिरज श्रेष्ठले २ गोल गरे । धिरज जोशी, राज पौडेल, सिजन गुरुङ र सृजेश पुरीले १–१ गोल गरे ।

प्रकाशित : आश्विन ४, २०७८ १६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?