कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आसिफ बने 'वान डे' मा उच्च स्कोर बनाउने नेपाली ओपनर

काठमाडौँ — विश्वकप लिग-२ मा ओमानविरुद्धको खेलमा शतक बनाउन चुकेपनि आसिफ शेख एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उच्च रन बनाउने ओपनिङ ब्याट्सम्यानको बनेका छन् ।

आसिफ बने 'वान डे' मा उच्च स्कोर बनाउने नेपाली ओपनर

ओमानको मस्कटस्थित अल अमरेतमा जारी खेलमा आसिफ ९० रन बनाएका हुन् । बिलाल खानको बलमा बोल्ड हुनुअघि आसिफले १ सय १२ बल खेल्दै ७ चौका र एक छक्का प्रहार गरेका थिए । त्यसैगरी एकदिवसीय खेलमा नेपालको दोस्रो उच्च रन हो । यसअघि सन् २०१९ पारस खड्काले संयुक्त अरब इमिरेट्सविरुद्ध १ सय १५ रन बनाएका थिए । खड्का एक दिवसीय खेलमा शतक बनाउने एक मात्रै नेपाली खेलाडी हुन् ।

सन् २०१६ नेपाल प्रमियर लिग(हालको एभरेष्ट प्रिमियर लिग)मा को फाइनलमा पञ्चकन्या तेजकातर्फबाट शतक प्रहार गरेपछि वीरगञ्जका आसिफ राष्ट्रिय रुपमा चर्चामा आएका थिए । २० वर्षे राइटह्यान्ड ब्याट्सम्यान आसिफ घरेलु टि ट्वान्टीमा शतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी हुन् ।

गतवर्ष टि ट्वान्टीको डेब्यु खेलमै कुशल भुर्तेलसँग मिलेर उत्कृष्ट प्रदर्शन गरेका थिए । नेदरल्यान्ड्सविरुद्ध कुशल आसिफले उत्कृष्ट प्रदर्शन गर्दै टिमलाई जित दिलाएका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान भएको खेलमा उनले ५४ रन प्रहार गरेका थिए । गत साता पपुवा न्युगिनीविरुद्ध एकदिवसीय क्रिकेटमा डेब्यु गरेका आसिफका दाजु आरिफ पनि ओमान रहेको टोलीका सदस्य हुन् । अल राउन्डर आरिफ टिममा भएपनि प्लेइङ सेटमा परेका छैनन् । अमेरिकाविरुद्ध सोमबार भएको खेलमा आसिफले २३ रन बनाएका थिए ।

प्रकाशित : भाद्र २९, २०७८ १९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?