लिड्सलाई लिभरपुलले ३-० ले हरायो- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लिड्सलाई लिभरपुलले ३-० ले हरायो

एजेन्सी

लिड्स — मोहम्मद सलाहले इंग्लिस माथिल्लो डिभिजनमा गरेको सयौं गोलमा लिभरपुलले लिड्समाथि आइतबार ३–० को शानदार जित निलेको छ । यस जितसँगै प्रिमियर लिग उपाधि होडमा लिभरपुलले आफूलाई कायम राखेको छ ।

लिभरपुलको जितमा इजिप्टका फरवार्डले पहिलो गोल गरेपछि फाबिनो र साडियो मानले एक-एक गोल थपे । लिग तालिकामा चार चरण समाप्त हुने क्रममा तीन टिम समान १० अंकमा अगाडि रहेका छन् ।

लिभरपुलसँगै म्यानचेस्टर युनाइटेड र चेल्सीको १० अंक रहेको छ । डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीको नौ अंकसहित चौथो स्थानमा रहेको छ ।

प्रकाशित : भाद्र २८, २०७८ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्

राडुकानुले जितिन यूएस ओपन

एजेन्सी

न्युयोर्क — इमा राडुकानुले आइतबार यूएस ओपन जितेकी छिन् । यससँगै महिला ग्रान्ड स्लाम उपाधिका लागि बेलायतको ४४ वर्ष लामो प्रतीक्षा सकिएको छ । उनले फाइनलमा लेलाह फर्नान्डेजलाई हराइन् ।

न्युयोर्कमा अविश्वसनीय यात्रा तय गर्ने क्रममा १८ वर्षीया राडुकानुले आफ्नी १९ वर्षीया प्रतिद्वन्द्वीलाई ६–४ र ६–३ ले हराइन् ।

सन् १९७७ मा अन्तिम पटक बेलायती खेलाडी भर्जिना वाडले ग्रान्ड स्लाम उपाधि जितेकी थिइन् । उनी आधुनिक टेनिस इतिहासमा क्वालिफायरका रूपमा ग्रान्ड स्लाम जित्ने पहिलो खेलाडी पनि भएकी छिन् ।


प्रकाशित : भाद्र २७, २०७८ ०८:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×