कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चितवनमा ट्यालेन्ट हन्टबाट ५ खेलाडी

चितवन — चितवन टाइगर्सले चौथो संस्करणको बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (ईपीएल) ट्वान्टी–२० क्रिकेटका लागि मंगलबार भरतपुरमा ट्यालेन्ट हन्टबाट ५ खेलाडी लिएको छ । त्यसमध्ये दुई खेलाडीले टिममा रहेर प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन् । 

चितवनमा ट्यालेन्ट हन्टबाट ५ खेलाडी

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा असोज ९ देखि हुनेछ । चितवन टाइगर्सका प्रमुख किशोर भट्टराईले ५ खेलाडीमध्ये गौतम केसी टिममा छनोट भइसकेको जानकारी दिए । उनका अनुसार बाँकी चार खेलाडी कृजन गुरुङ, संघर्ष पौडेल, राजेश ढकाल र आकाश थापामध्ये एकजना छनोट हुनेछन् । उनीहरू शुक्रबार काठमाडौं जानेछन् । टिमसँगै बन्द प्रशिक्षणमा रहनेछन् । उनीहरूको प्रदर्शनका आधारमा असोज २ देखि थप एकलाई टिममा सहभागी गराइने छ ।

टाइगर्समा कप्तान सोमपाल कामी छन् । कमलसिंह ऐरी, शाहब आलम, इशान पाण्डे, ललितसिंह भण्डारी, दीलिप नाथ, सागर ढकाल, राजेश पुलामी मगर, हसिम अन्सारी, भीम सार्की, खडकबहादुर बोहरा, आदिल खान, सन्दीप सुनार, देवराज खनाल सामेल छन् । श्रीलंकाका सोकुगे प्रसन्न, अफगानिस्तानका मोहम्मद शाहजाद र करिम जन्नत टाइगर्समा छन् ।

चितवन टाइगर्सका विदेशी खेलाडीमा पाकिस्तानका डानिस अजिज र मलेसियाका वीरनदीप सिंह पनि छन् । देश विदेशका खेलाडीहरू सामेल ‘सशक्त टिम’ बाट खेल्ने अवसर पाउन लागेकामा गौरव अनुभव भएको गौतम केसीले बताए । १८ वर्षे गौतम नारायणगढ लायन्सचोकमा हुन् । उनी २०७५ सालमा यू–१९ क्रिकेटमा मध्यमाञ्चल कप्तान थिए ।

उनले प्रधानमन्त्री कप क्रिकेटमा वाग्मती प्रदेशबाट खेलेका थिए । ईपीएलमा तेस्रो प्रयासमा टिममा परेको उनले सुनाए । ‘चितवनमा सम्भावना बोकेका धेरै खेलाडी छन् । ट्यालेन्ट हन्टले उनीहरूलाई खुल्न मदत गर्दछ,’ चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष कैलाश प्रधानले भने ।

प्रकाशित : भाद्र २३, २०७८ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?