कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पपुवा न्युगिनीले नेपालको ७ विकेट लियो

काठमाडौँ — एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पपुवा न्यु गिनीले दिएको १३५ रनको लक्ष्य पछ्याएको नेपालको ७ विकेट गएको छ । ताजा अवस्थामा २९ ओभरको समाप्तिमा नेपालले ८३ रन बनाएको छ ।

पपुवा न्युगिनीले नेपालको ७ विकेट लियो

अहिले क्रिजमा रोहित पौडेल र सोमपाल काम रहेका छन् । नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले क्रमश: १५ र ३० रन बनाएर आउट भए । त्यस्तै कप्तान ज्ञानेन्द्र मल्ल ६ रनमै आउट भए ।

आरिफ शेख ९ र शरद भेषावकर ६ रनमा आउट भए । त्यस्तै कुशल मल्ल १ रनमै आउट भए । पवन सर्राफ भने शून्यमै आउट भए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पपुवा न्यु गिनीले ३३ ओभरमा सबै विकेट गुमाउँदा १३४ रन बनाएको थियो । नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिएका थिए ।

प्रकाशित : भाद्र २२, २०७८ १६:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?