२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

विश्वकप छनोट : इंल्यान्डको लगातार चौथो जित, स्पेन पराजित

एजेन्सी

पेरिस — विश्वकप-२०२० को युरोपेली छनोटमा इंग्ल्यान्डले हंगेरीलाई बिहीबार ४–० ले हराएर शतप्रतिशत प्रदर्शन कायम राखेको छ । छनोटका चार खेलमा इंग्ल्यान्डको यो लगातार चौथो जित हो । इंग्ल्यान्डको विश्वकपमा छनोट हुने सम्भावना बलियो भएको छ ।

विश्वकप छनोट : इंल्यान्डको लगातार चौथो जित, स्पेन पराजित

अर्को खेलमा स्पेन भने स्विडेनको हातबाट २–१ ले पराजित रह्यो । विश्वकप छनोटमा स्पेन पराजित भएको यो सन् १९९३ यता पहिलो पल्ट हो र यससँग छनोटको स्पेनको ६६ खेलको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।

छनोटका अन्य प्रमुख खेलमा इटाली र बुल्गेरियाले १–१ को बराबरी खेले भने बेल्जियमले स्टोनियालाई सजिलै ५–२ ले पराजित गर्‍यो ।

प्रकाशित : भाद्र १८, २०७८ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?