पारा ओलम्पिक २०२० : पलेशाको पहिलो खेल बेलायती खेलाडीसँग

काठमाडौँ — टोकियो पारा ओलम्पिक २०२० मा नेपालकी एकमात्र प्रतिस्पर्धी खेलाडी पलेशा गोवर्द्धनले पहिलो खेलमा बेलायती प्रतिस्पर्धी पाएकी छन् ।

पारा ओलम्पिक २०२० : पलेशाको पहिलो खेल बेलायती खेलाडीसँग

पारा तेक्वान्दो के४४ विधाअन्तर्गत ५८ केजीमुनि तौल समूहका लागि मंगलबार भएको ‘ड्र’ मा १८ वर्षीया पलेशाले २८ वर्षीया बेलायती खेलाडी बेथ मुनरोसँग खेल्ने निश्चित भएको हो । जारी पारा ओलम्पिकमा तेक्वान्दोको खेल बिहीबार सुरु हुनेछ । यो तौलको सम्पूर्ण खेल शुक्रबार हुनेछ ।

पहिलो खेल जितेको अवस्थामा पलेशाले क्वाटरफाइनलमा टर्कीकी गाम्ज गुर्डालसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । गुर्डाल तेस्रो वरीयताकी खेलाडी हुन् ।

पारा ओलम्पिक कमिटीले समयमै नाम दर्ता नगरेका कारण यस संस्करणमा पारा ओलम्पिकमा एक जनाको मात्र प्रतिनिधित्व भएको छ ।

प्रकाशित : भाद्र १५, २०७८ २१:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदा प्रदेश सभाको बैठकमै उपस्थित नहुने कांग्रेसको शैलीबारे तपाईंको के टिप्पणी छ ?