कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८६

युभेन्टस पर्‍यो चेल्सीको समूहमा

एजेन्सी

पेरिस — युरोपेली च्याम्पियन्स लिगको बिहीबार समूहचरणको ड्र सार्वजनिक गरिएको छ । त्यसअनुसार डिफेन्डिङ च्याम्पियन चेल्सी समूह एचमा परेको छ । त्यसमा युभेन्टस, जेनिट र माल्मो रहेका छन् ।

युभेन्टस पर्‍यो चेल्सीको समूहमा

उपविजेता म्यानचेस्टर सिटी भने समूह एमा छ । उक्त समूहमा पीएसजी, आरबी लाइपजिग र क्लब ब्रुग छन् । समूह ‘बी’ सबैभन्दा कठिन रहेको छ । त्यसमा एट्लेटिको म्याड्रिड, लिभरपुल, पोर्टो र एसी मिलान परेका छन् ।

समूह सीमा स्पोर्टिङ सीपी, बोरुसिया डर्टमुन्ड, आयाक्स र बेसिकटास तथा समूह डीमा इन्टर मिलान, रियल म्याड्रिड, साख्तर डोनेस्क र सेरिफ छन् । यस्तै ईमा बायर्न म्युनिख, बार्सिलोना, बेनफिका र डायनामो किभ छन् ।

समूह एफमा परेका टिममा भिल्लारियल, म्यानचेस्टर युनाइटेड, एटलान्टा र योङ हुन् भने समूह जीमा लियोन, सेभिया, साल्सबर्ग र उल्फबर्ग परेका छन् ।

प्रकाशित : भाद्र ११, २०७८ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?