२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

ईपीएल असोज ९ देखि काठमाडौंमा

कान्तिपुर संवाददाता

काठमाडौँ — एभरेस्ट प्रिमियर लिग(ईपीएल) टी–२० क्रिकेट प्रतियोगिता असोज ९ गतेदेखि हुने भएको छ ।

ईपीएल असोज ९ देखि काठमाडौंमा

सोमबार पत्रकार सम्मेलन गर्दै आयोजकले काठमाडौंको त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा असोज ९ गतेदेखि १४ दिन प्रतियोगिता सञ्चालन हुने जनाएको हो । प्रतियोगितामा नेपालका उद्योगपतिहरुको स्वामित्वमा रहेका फ्रेन्चाइजहरु रहेका छन् । टोलीहरुको नाम विराटनगर वारियर्स १९ पोखरा राइनोज, ललितपुर प्याट्रियट्स, चितवन टाइगर्स र भैरहवा ग्लेडिएटर्स रहेका छन् ।

यसपटक शाहिद अफ्रिदी पाकिस्तान, शोएब मलिक, कार्लोस ब्रेथवेट जस्ता स्टार खेलाडीहरुको समेत प्रतियोगितामा प्रदर्शन हेर्न पाइने छ ।

प्रमुख प्रायोजकमा बजाज पल्सर

ईपीएलको प्रमुख प्रायोजकमा बजाज पल्सर मोटरसाइकल आएको छ । गोल्छा समूहका अध्यक्ष शेखर गोल्छा र एभरेष्ट प्रिमियर लिगका प्रबन्ध निर्देशक अमिर अख्तरले सोमबार प्रायोजन सम्झौतामा हस्ताक्षर गरेका छन् । दुवै पक्षले सम्झौताको आर्थिक पक्षबारे केही खुलाएका छैनन् ।

प्रकाशित : श्रावण २५, २०७८ १५:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?