म्यानचेस्टरलाई हराएर लेस्टर कम्युनिटी सिल्ड च्याम्पियन
लन्डन — लेस्टर सिटीले शनिबार म्यानचेस्टर सिटीलाई १–० ले पराजित गरेर इंग्लिस कम्युनिटी सिल्ड जितेको छ । एफएकप विजेता लेस्टरका लागि सब्टिच्युट खेलाडी केलेची इहेनाचोले निर्णायक गोल गरे ।
खेल टाइब्रेकरतर्फ अग्रसर देखिएको बेला इहेनाचोले ८९ औं मिनेटमा पेनाल्टीबाट गोल गरे । इग्लिस प्रिमियर लिग विजेता सिटीका एथान एकेले इहेनाचोलाई फउल गरेपछि लेस्टरलाई पेनाल्टी प्रहारको अवसर प्राप्त भएको हो ।
लेस्टरले कम्युनिटी सिल्ड जितेको यो दोस्रो पल्ट हो । खेलमा सिटीले १० करोड पाउन्डका ज्याक ग्रेलिसलाई ६५ औं मिनेटमा डेब्युको अवसर दिएका थिए, तर उनले कुनै पनि अवसरमा मौका सिर्जना गर्न सकेनन् ।
प्रकाशित : श्रावण २४, २०७८ ०७:०३प्रतिक्रिया